सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

280
Shares
फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । 

फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको हो । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको जनाइएको छ, जहाँ उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु हुने क्रममा थियो ।

280
Shares

ट्रेन्डिङ