सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आमासँगै मनाईन् नायिका लुङबाले जन्मदिन

आमासँगै मनाईन् नायिका लुङबाले जन्मदिन

6060
Shares
आमासँगै मनाईन् नायिका लुङबाले जन्मदिन

पाँचखाल–पछिल्लो दशक तामाङ चलचित्रमा एक छत्रझैं आफ्नो बलियो उपस्थिती जनाउँदै आएकी नायिका सुनिता लुङबाले २४ औं जन्मदिन आमासँग आफ्नै गाउँमा मनाएकी छिन् । काभ्रेको पाँचखाल नगरपालिका स्थित होक्सेमा जन्मिएकी नायिका लुङबाले आफ्नो घर परिवार र आफन्तमाझ जन्मदिनको खुसी साटेकी हुन् । यो दिन उनले आफूलाई जन्म दिने आमा,बुबा,भाई बहिनी सहितको परिवार, प्रत्यक्ष अप्रत्यक्ष आफ्नो करिअर निर्माणमा सघाउने अग्रज,आफन्तजन तथा साथीसंगीहरुलाई सम्झिईन् ।

केक काट्नुका साथै बौद्ध धर्म अनुसार लामाद्धारा लुङदार राख्ने,मोलम पाठ, दिम साङ पुजा,मान्यजनबाट चामल र दहिको सेतो टिका तथा आशिर्वाद(मोलम) ग्रहण जस्ता कार्यक्रम राखी आफ्नै मौलिक शैलीमा जन्मदिन मनाउँदै गरेकी नायिका लुङबाले फेसबुक,मोबाईल फोनमा शुभकामना दिनेहरुको प्रतिक्रियासम्म दिन भ्याएकी छैनन् । शनिबार दिउँसो यहि अवस्थामा भेटिएकी उनले भनिन्–“नेपाली समाजमा महङ्गा होटलतिर गएर तडकभडकका साथ जन्मदिन मनाउने चलन फेसनकै रुपमा देखा परेजस्तो लाग्छ,यसबाट धेरै पर रहेर मैले गाउँमै भेटघाट कार्यक्रम राखेकी हुँ ।”

उनले थपिन् –“जन्मदिन मनाउँने हाम्रा मौलिक सँस्कृति हैन,तडक भडकका साथ मनाउनै पर्छ भन्ने छैन तर आफूलाई जन्मदिने आमा र घरपरिवार तथा आफन्तजनलाई सम्झिने प्रयास हो,कम्तीमा हामीले हिजो के गर्यौं,आफूले गरेको कामको समिक्षा र नयाँ काम गर्ने जाँगर भर्न यो दिन खास दिन हो भन्ने लाग्छ ।” भावि योजनाबारे उनले यसो भनिन्–“मेरा घरपरिवार,आफन्तजन,दर्शक महानुभावहरुकै मायाँले आज यो ठाउँमा छु,कलकाकारितामै अझै केहि गर्नुछ भन्ने मेरो अठोट कत्तिपनि दायाँबायाँ भएको छैन,अझ राम्रो गर्न सकुँ,यात्रा गर्दै जाम,जे गर्छु राम्रोकै लागि गर्छु ।”

उनले राखेकी यो कार्यक्रममा बरिष्ठ तथा उनका समकक्षी कलाकार,सञ्चारकर्मी र आफन्तजन सहभागि भए । कलाकारितामा छेरीले उचाई लिएको प्रति उनकी आमा निकै खुसी देखिईन् । छोरीलाई शुभकामना दिन आउने आफन्तजनलाई उज्यालो चेहरामा न्यायो आतिथ्यता टक्र्याउँदै गरेको भेटिईन् तामाङ गोईलोमा उनकी आमा –“ल्होस्सो है,ल्होस्सो,स्वागत छ,भित्रै बस्नुहोला् ।” त्यस्तै नायिका लुङबाको खुसीमा बहिनी,भाई,बुबा सहितको सानो परिवार अनि सबै आफन्तजन सबै खुसी देखिए,उनिहरुले अझै सफलताको शुभकामना दिए ।

म्लाङ प्वाँहार,मायाँला म्हेन्दो,छार केवा जस्ता दर्जनौं तामाङ चलचित्रमा लिड रोल गरिसकेकी उनि पछिल्लो समय टेलिसिरियल ‘रिसानी माफ’ बाट पनि थप चर्चामा छिन् । उनि अभिनित ‘छार ग्यालम’ चलचित्र रिलिजकै क्रममा छ ।

6060
Shares

ट्रेन्डिङ