सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धरापमा लोकतान्त्रिक गठवन्धन

धरापमा लोकतान्त्रिक गठवन्धन

4525
Shares
धरापमा लोकतान्त्रिक गठवन्धन

काठमाडौँ, १६ कात्तिक,दुई नम्वर प्रदेशमा सहमति जुट्न नसकेपछि लोकतान्त्रिक गठवन्धन आबद्ध नेपाली कांग्रेस तथा संघीय समाजवादी फोरम र राजपाले आ–आफ्नै ढंगले उम्मेदवार उठाउने भएका छन् ।

उम्मेदवार चयनको अन्तिम दिन आज सम्ममा सहमतिको सम्भावना टरेपछि गठवन्धन आवद्ध दलहरु छुट्टाछुट्टै उम्मेदवार चयनको तयारीमा जुटेका हुन् । धनुषा क्षेत्र नम्वर ३ मा गठवन्धन कार्यदलका संयोजक एवं कांग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आ–आफ्नो दावी नछाडेपछि सहमति हुन सकेको छैन ।

२ नम्वर प्रदेशका ३२ मध्ये अधिकांश निर्वाचन क्षेत्रमा पनि कार्यदलस्तरमा सहमति जुट्न नसकेको राजपा नेता एवं कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो ।  यसअघि कार्यदल वैठकमा राजपा र संघीय समाजवादी फोरमले २ नम्वर प्रदेशमा २० सिट दावी गरेका थिए ।

यद्यपी निर्वाचन आयोगमा मनोनयन अघि सहमतिको अन्तिम प्रयास भने गरिने नताहरुले बताएका छन् । राजपा र संघीय समाजबादी फोरमसँग सहमति हुन नसकेपछि  नेपाली कांग्रेसले पनि पार्टीगत उम्मेदवार चयनको तयारीमा जुटेको छ ।

4525
Shares

ट्रेन्डिङ