सबैको समाचार
बुधबार, बैशाख ३, २०८२
  • होमपेज
  • काभ्रेमा स्ववियु निर्वाचन :- कतै संयुक्त मनोनयन, कतै पदाधिकारीहरूको सामूहिक राजीनामा

काभ्रेमा स्ववियु निर्वाचन :- कतै संयुक्त मनोनयन, कतै पदाधिकारीहरूको सामूहिक राजीनामा

125
Shares
काभ्रेमा स्ववियु निर्वाचन :- कतै संयुक्त मनोनयन, कतै पदाधिकारीहरूको सामूहिक राजीनामा

पुजन धिताल / काभ्रे :- जिल्लाको गठबन्धन विरुद्ध नगर अनेरास्ववियु कमिटिले सामूहिक राजीनामा बुझाएको छ। नमोबुद्ध नगर जिल्ला कमिटिका पदाधिकारीहरूले संगठनमा देखिएको व्यवस्थापनको असन्तोष, पार्टीको हस्तक्षेप, र पारदर्शिताको अभावलाई कारण देखाउँदै सामूहिक राजीनामा दिएका हुन्।

अध्यक्ष पुष्कर हमागाईँ सहित ११ जनाले राजीनामा दिँदै संगठनभित्रको गलत नीति र अन्यायपूर्ण निर्णयप्रति असहमति व्यक्त गरेका छन्। उनीहरूले अनेरास्ववियु नगर समितिमा व्यवस्थापन कमजोर भएको, पार्टीको बढी हस्तक्षेप रहेको, तथा निर्णय प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाएका छन्।

राजीनामा दिने पदाधिकारीहरूमा अध्यक्ष पुष्कर हमागाईँ, उपाध्यक्ष सुमन प्याकुरेल, सचिव मनिषा सिरदेन, सह-सचिव अरुण काफ्ले, सह-समन्वयक देव मगर र किशन थापामगर, कोषाध्यक्ष शिक्षा हमागाईँ, तथा सदस्यहरू समीक्षा अधिकारी, आशिका हमागाईँ, परिक्षा हमागाईँ, र प्रवात तिम्सीना रहेका छन्।

राजीनामा पत्र नगर कमिटीसँगै अनेरास्ववियु जिल्ला कमिटीलाई समेत बोधार्थ दिइएको छ।

क्याम्पसहरूमा संयुक्त सहमति :-
यता काभ्रेका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पाँच विद्यार्थी संगठनबीच सहकार्यको सहमति भइसकेको छ। मंगलबार सम्पन्न छलफलपछि १६ क्याम्पसमध्ये १५ मा एकल उम्मेदवारी दिने सहमति भएको छ भने काभ्रे बहुमुखी क्याम्पसमा भने मित्रवत प्रतिस्पर्धा हुने भएको छ।

समाजवादी विद्यार्थी संगठन, नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी–समाजवादी) बीच सहकार्य हुने सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमति अनुसार क्याम्पसहरूमा साझा उम्मेदवारी दिने निर्णय भएको छ।

सहमति अनुसार, विद्यार्थी संगठनले मुख्य पदहरूमा साझा उम्मेदवार उठाउनेछन् भने अन्य संगठनहरूले सहमति अनुरूप भूमिकामा रहनेछन्। काभ्रे बहुमुखी क्याम्पसमा भने प्रतिस्पर्धात्मक चुनाव हुने सहमतिको उल्लेख छ।

सम्झौतापत्रमा पाँच संगठनका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। यस सहमतिले विद्यार्थी राजनीतिमा नयाँ अभ्यास ल्याउने अपेक्षा समेत गरिएको छ।

चैतन्य बहुमुखी क्याम्पसमा सामूहिक उम्मेदवारी दर्ता:-


सहमति बमोजिम नै चैतन्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अन्य संगठनले सामूहिक उम्मेदवारी दर्ता गराएका छन्।

125
Shares

ट्रेन्डिङ