सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • अभिनेता पल शाह थुनामै रहने, कारागार पठाउने आदेश उच्च अदालतद्वारा सदर

अभिनेता पल शाह थुनामै रहने, कारागार पठाउने आदेश उच्च अदालतद्वारा सदर

8430
Shares
अभिनेता पल शाह थुनामै रहने, कारागार पठाउने आदेश उच्च अदालतद्वारा सदर

काठमाडौं, १९ जेठ : बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम)लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ ।

धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले
पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौंटीमा छुटेका थिए ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए ।एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा छन् ।

8430
Shares

ट्रेन्डिङ