सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिवमको ९ औं वार्षिकोत्सव सम्पन्न

शिवमको ९ औं वार्षिकोत्सव सम्पन्न

4850
Shares
शिवमको ९ औं वार्षिकोत्सव सम्पन्न

सुनिल श्रेष्ठ,

वीरगञ्ज , पुस १२  , शिवम बचत तथा ऋण सहकारी सस्था लिमिटेड बीरगन्जको ९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बीरगन्जको नगर सभागृहमा साधारणसभाको उदघाटन गर्दै प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले अहिले प्रदेश नम्बर २ मा सहकारी ऐन नियमावलीहरु सदनबाट पारित हुन बाँकी रहेकोले चाडैं पारित गर्न आफुले पहल गर्ने बताउनुभयो ।

विगत ४ महिना देखि प्रदेशसभा बैठक नबसेको र आगामी १४ गते हुने बैठकबाट यो नियमावली पारित गराउन पहल गर्ने उहाँको भनाई रहेको थियो । अब प्रदेश २ को सरकार पनि फेरबदल हुन सक्ने अवस्था रहेको प्रदेश सभा सदस्य तेलीले बताउनुभयो ।

संस्थाका अध्यक्ष शिवजी प्रसाद कलवारको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा संस्थाद्वारा तीन जनालाई सम्मानित समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सन्चालक समिति सदस्य शम्भु गुप्ता, राष्ट्रिय सहकारी बैंकका सन्जय महतो, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, विसकोका दिल्ली विक्रम कार्की, गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका रवि श्रीवास्तव, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, कलवार कल्याण महासंघका राजेन्द्र प्रसाद कलवार, राजेन्द्र जैसवाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण कमला गिरीले गर्नुभएको थियो ।

4850
Shares

ट्रेन्डिङ