‘प्रचण्ड’ सँग आगामी बजेट दलितमैत्री बनाउन माग
काठमाडौं :- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले आगामी आर्थिक वर्षको बजेट दलितमैत्री बनाउन आग्रह गरेका छन् । नेताहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्रीसँग भेट गरी त्यस्तो आग्रह गरेका हुन् । त्यसक्रममा उनीहरूले दलित समुदायको हकहित संरक्षणका लागि बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग मागपत्रसमेत हस्तान्तरण गरेका थिए । […]