सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • वडा सदस्यद्धारा प्रधानाध्यापक कुटपिट

वडा सदस्यद्धारा प्रधानाध्यापक कुटपिट

750
Shares
वडा सदस्यद्धारा प्रधानाध्यापक कुटपिट

दाङ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका छन् ।

वडानम्बर ७ का अध्यक्ष पुष्कर वलीसँग सोमबार वडा कार्यालयमा छलफल गरिरहेका बेला वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक खत्रीले बताए ।  उनको आँखा, टाउको र हातमा चोट लागेको छ ।

वडा सदस्य बस्नेतले पनि प्रधानाध्यापकमाथि कुटपिट गरेको स्वीकार गरेका छन् । प्रधानाध्याक खत्रीले मुख छोडेपछि हात छोड्न बाध्य भएको बताए । 

प्रधानाध्यापकमाथि कुटपिट गरेका बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

750
Shares

ट्रेन्डिङ