सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

840
Shares
राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।

उनको राजीनामा आइतबार राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। १०० को नोटमा नयाँ चुच्चे नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।

सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उनको अभिव्यक्तिलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।

गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।

डा. नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए ।

840
Shares

ट्रेन्डिङ