बालकुमारी घटनाबारे छिटो छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको घटनाको प्रधानमन्त्री प्रचण्डले जानकारी लिएका छन् । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई बालुवाटार बोलाएर घटनाबारे ब्रिफिङ लिएको उनको सचिवालयले जनाएको छ । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, […]