सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता

1710
Shares
राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज सोमबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ। 

सातवटै प्रदेशको सदरमुकाम रहेको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराउनुपर्ने छ। बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिने छ ।  निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता गराउनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

उम्मेदवारको मनोनयन दाखिला गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा र १० हजार रुपियाँ धरौटी जम्मा गरेको रसिद वा भौचर समावेश गर्नुपर्ने छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ।

1710
Shares

ट्रेन्डिङ