पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेस
रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले मोस्कोस्थित ग्राण्ड क्रेमलिन दरबारमा आज आयोजित एक समारोहबीच त्यहाँका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो । समारोहमा राजदूत घिमिरेले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी महासङ्घको निरन्तर प्रगति र समृद्धिको कामना गर्नुभएको सन्देश प्रदान गर्नुभएको थियो । राष्ट्रपति पुटिनले […]