सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेस

पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेस

4090
Shares
पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेस

रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले मोस्कोस्थित ग्राण्ड क्रेमलिन दरबारमा आज आयोजित एक समारोहबीच त्यहाँका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो ।
समारोहमा राजदूत घिमिरेले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी महासङ्घको निरन्तर प्रगति र समृद्धिको कामना गर्नुभएको सन्देश प्रदान गर्नुभएको थियो ।
राष्ट्रपति पुटिनले घिमिरेको स्वागत गर्दै उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको नेपाली राजदूतावास मस्कोद्वारा आज जारी विज्ञप्ति उल्लेख छ । रासस

4090
Shares

ट्रेन्डिङ