सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम

नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम

3000
Shares
नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम

काभ्रे : नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम दिइएको छ । वी.पी नेत्र प्रतिष्ठान बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनस्र्थापना सेवाको प्राविधिक सहयोगमा १४ वटै स्वास्थ्य संस्थाको १/१ जनालाई सो सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान समेत प्रदान गरिनेछ ।

स्वास्थ्य संस्था तहमा नै नाक, कान, घाँटी सम्बन्धी समस्या पहिचान गरेर थप उपचारमा सहयोगी होस् भनेर यो प्रकारको तालिम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत भगिरथ अधिकारीले जानकारी दिए ।

प्रतिष्ठानका महासचिव एवं अस्पतालका कार्यकारी निर्देशक डा. सरोजकुमार उपाध्यायले समस्या पहिचान हुनु नै सबैभन्दा महत्वपूर्ण कार्य भएको भन्दै त्यसपछि माथिल्लो तहको उपचार हुने जुनसुकै केन्द्रमा पठाउनुपर्ने बताए ।

उनले जनशक्तिलाई तालिम प्रदान गर्नु महत्वपूर्ण रहेको भन्दै न्युनतम आवस्यक उपकरणहरु उपलव्ध गराइदिन नगरपालिकालाई अनुरोध गरे । नमोबुद्ध नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले स्वास्थ्य सेवा सदृढ गर्न नमोबुद्ध नगरपालिका सदैव तयार रहेको भन्दै निरन्तर सहकार्यको अपेक्षा गरे ।

४ दिनसम्म चल्ने तालिममा नाक, कान, घाँटी विशेषज्ञ डा. लुना माथेमा, डा. अरुण अधिकारी, डा. गणेशबहादुर चालिसे, डा. प्रशान्त पौडेल, नेत्ररोग विशेषज्ञ डा. निर्सरा श्रेष्ठ, डा. इन्द्रराज वाइवा, डा. सिदार्थ बुढामगर, दृष्टि विशेषज्ञ डा. रश्मी श्रेष्ठ, वसन्त सिहं, श्रवण विशेषज्ञ प्रिति चौधरी, दन्तरोग विशेषज्ञ डा. पुनित कर्माचार्य, सामुदायिक कार्यक्रम संयोजक तुलसी चुडाल लगायतले प्रशिक्षण दिनेछन् । सहभागीलाई सैद्धान्तिक अलावा प्रयोगात्मक कक्षा सञ्चालन हुनेछ ।

3000
Shares

ट्रेन्डिङ