काभ्रेमा नौ फिट अग्लो गणेश मूर्ति अनावरण
काभ्रे, ५ माघ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ । स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको सो नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी, पनौती नगरप्रमुख भीम न्यौपानेले संयुक्त रुपमा अनावरण गर्नुभएको हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार बस्नेतले गोरखनाथ मन्दिर डाँडामा रहेको खाली […]