सबैको समाचार
मङ्लबार, भदौ ३०, २०८३
  • होमपेज
  • काभ्रेमा एकैदिन थपिए १७३ जना कोरोना संक्रमित

काभ्रेमा एकैदिन थपिए १७३ जना कोरोना संक्रमित

3765
Shares
काभ्रेमा एकैदिन थपिए १७३ जना कोरोना संक्रमित

 

काभ्रेमा आज १७३ जना कोरोना संक्रमित थपिए छन् ।

पछिल्लो २४ घण्टामा ५४४ जनामा परिक्षण गर्दा १७३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

योसंगै काभ्रेमा सक्रिय संक्रमितको संख्या ७९२ पुगेको छ । जिल्लाको धुलिखेल र बनेपा नगरपालिका सबैभन्दा उच्च जोखिममा देखिएका छन् ।

सक्रिय संक्रमित मध्यै सबैभन्दा बढी धुलिखेलमा २७६ जना र बनेपा नगरपालिकामा २४१ जना सक्रिय संक्रमित छन् । पनौती नगरपालिकामा ९७ जना, नमोबुद्ध नगरपालिकामा ५७ जना, पाँचखाल नगरपालिकामा ३२ जना र मण्डनदेउपुर नगरपालिकामा २८जना सक्रिय संक्रमित छन् ।

त्यस्तै चौँरदिेउरालीमा २७ जना रोशी गाउँपालिकामा ६ जना,भुम्लुमा १४,तेमालमा ३, महाभारतमा ६ जना र बेथानचोकमा ५ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा काभ्रेमा ४जना संक्रमित निको भएका छन् ।

यसैबीच काभ्रेमा दुई लाख ११ हजार ९९६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै दुई लाख दुई हजार २११ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । काभ्रेका तीन हजार दुई सय ८३ जनाले बुस्टर डोज खोप लगाएका स्वास्थ्य प्रमुख सेढाईँले जानकारी दिए ।

3765
Shares

ट्रेन्डिङ