मध्यरातमा भूकम्पको धक्का
काठमाडौं, मंसिर ७ : मध्यराति काठमाडौँलगायत आसपासका जिल्लामा गएको भूकम्प गोरखा (२०७२ को) भूकम्पको परकम्प भएको भूकम्पविद्ले बताएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार अघि राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङभन्दा केही माथि केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। ‘यो नयाँ भूकम्प होइन’, उनले भने, […]