सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • सरकारले लगायो माइतीघरमा निशेधाज्ञा, युवा संघले सार्यो प्रदर्शनस्थल

सरकारले लगायो माइतीघरमा निशेधाज्ञा, युवा संघले सार्यो प्रदर्शनस्थल

2130
Shares
सरकारले लगायो माइतीघरमा निशेधाज्ञा, युवा संघले सार्यो प्रदर्शनस्थल

काठमाडौं । एमालेको युवा र विद्यार्थी संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले सात मंसिरमा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन भएको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले आज एक विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।
सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो ।

‘राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को आयोजनामा ७ मंसिर २०८० मा माइतीघर मण्डलामा आयोजना गरिएको ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ को स्थान परिवर्तन भएको छ,’ अध्यक्ष थेबेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले हाम्रो निर्धारित कार्यक्रम सोही मिति र समयमा (बिहान ११ बजे) मा काठमाडौंस्थित तीनकुनेमा हुने व्यहोरा जानकारी गराउँदछौँ ।’

2130
Shares

ट्रेन्डिङ