सबैको समाचार
आइतवार, भदौ २८, २०८३

मध्यरातमा भूकम्पको धक्का

3045
Shares
मध्यरातमा भूकम्पको धक्का

काठमाडौं, मंसिर ७ : मध्यराति काठमाडौँलगायत आसपासका जिल्लामा गएको भूकम्प गोरखा (२०७२ को) भूकम्पको परकम्प भएको भूकम्पविद्ले बताएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार अघि राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङभन्दा केही माथि केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

‘यो नयाँ भूकम्प होइन’, उनले भने, ‘यो गोरखा भूकम्पकै परकम्प हो।’ उनका अनुसार भूकम्पको धक्का मकवानपुरसहित धादिङ र काठमाडौँ जिल्लामा महसुस गरिएको थियो।

‘यो त्यस्तो क्षति नै गर्ने खालको भूकम्प होइन’, भूकम्पविद् डा. अधिकारीले भने। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर ७.८ रेक्टर स्केलको भूकम्प जाँदा हजारौँ जनाको मृत्यु भएको थियो भने लाखौ घर भत्किएका थिए।

3045
Shares

ट्रेन्डिङ