सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अवैध चिरान काठ सहित काभ्रेबाट एकजना पक्राउ

अवैध चिरान काठ सहित काभ्रेबाट एकजना पक्राउ

12825
Shares
अवैध चिरान काठ सहित काभ्रेबाट एकजना पक्राउ

काभ्रे प्रहरीले अवैध चिरान काठ सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पाँचखाल नगरपालिका ५ खाँवा स्थित अरनिको राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा सोही नगरपालिका वडा नं ४ का ३३ वर्षिय प्रकाश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पाँचखालबाट धुलिखेल तर्फ आइरहेको बा ८ च ३१३ नं को बोलेरो गाडीलाई चेक गर्ने क्रममा १५ थान (४७.६५५ क्यूफिट) काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडाले जानकारी दिए ।

काठ सहित पक्राउ परेका सुनारलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धुलिखेल पठाइएको डिएसपी खतिवडाले जानकारी दिए ।

12825
Shares

ट्रेन्डिङ