काभ्रे । अरनिको राजमार्ग अन्तर्गत बनेपाको टेलिकम चोक नजिकै आज साँझ हाईलक्सले मोटरसाईकललाई ठक्कर दिएको छ ।
हाईलक्सको ठक्करबाट मोटरसाकल चालक महोत्तरी जिल्लाको जनकपुर पिपरा घर भएका २० बर्षीय राहुल खतबे घाइते भएका छन् । राहुलको बायाँ तिग्रा र टाउकोमा चोट लागेको छ । उनको शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।
हाईलक्सले सडक क्रस गर्न लागेको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । हाईलक्स चालक काठमाण्डौका ५० बर्षीय पारसमणि भट्टाराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।