उत्खनन गर्न माग गर्दै आयोगमा निवेदन
काठमाडौं, माघ २९ः बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा हाल सशस्त्र द्वन्द्वको समयमा तीन जिल्लामा मानिस गाडिएको र त्यसलाई उत्खनन गर्नका लागि माग गर्दै निवेदन परेको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार धादिङ, रोल्पा र कालीकोट जिल्लाका अलगअलग ठाउँमा मानिस गाडिएको भन्दै तिनीहरुलाई उत्खनन गर्न मागसहित निवेदन परेको हो । बेपत्ता भएका भनिएका व्यक्तिलाई गाडिएको भन्ने […]