सबैको समाचार
मङ्लबार, बैशाख १६, २०८२
  • होमपेज
  • अब कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क

अब कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क

7395
Shares
अब कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क

काठमाडौं, माघ २९ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको उपचार सरकारी अस्पतालमा मात्र निः शुल्क हुने बताएको छ ।

संक्रमितहरुको संख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको हो । अबदेखि नीजि अस्पतालहरुको बिलभर्पाइ सरकारले बेहोर्दैन । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले संक्रमितको संख्या घटेकोले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निशुल्क हुने जानकारी दिए ।

गौतमका अनुसार मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि दुईहजार बाट घटाएर एक हजार मात्र पु¥याएको छ ।

अबदेखि कोरोना परिक्षणको शुल्क सरकारी तथा नीजि प्रयोगशालामा एकहजार तिर्दा हुन्छ । यसअघि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरुको हकमा बुधबारबाट १० दिनसम्मको मात्रै सोधभर्ना गर्नेछ ।

प्रवक्ता गौतमका अनुसार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा बसेको आइसिएस कमाण्ड बैठकले कोरोनाको उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रिया समेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस विरुद्धको दोस्रो अभियान अन्र्तगत बुधबार २६९ जना पत्रकार र १४० जना कुटनीतिक नियोगका कर्मचारीहरुले कोरोना बिरुद्धको खोप लगाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

7395
Shares

ट्रेन्डिङ