सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा आगलागी, घर गोठ जलेर नष्ट

काभ्रेको पाँचखालमा आगलागी, घर गोठ जलेर नष्ट

18775
Shares
काभ्रेको पाँचखालमा आगलागी, घर गोठ जलेर नष्ट

काभ्रे : काभ्रेको पाँचखाल नगर वडा नम्बर ७ शिखरपुरमा आग लागी हुँदा दिनेश काफ्लेको घर गोठ ज लेर पूर्ण रूपमा नष्ट भएको छ । वडाध्यक्ष पुष्कर ढकालका अनुसार बिहीबार साँझ भैँसीलाई कुँडो पकाउन बालिएको आको सल्किएर घर र गोठ ज लेका हुन् ।

आगलागीबाट मानवीय क्ष ति नभए पनि भैँसी, घर, गोठ र बाख्रा सहित गर्दा १५ लाख भन्दा बढीको नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ । साँझ साढे ६ बजेतिर भैँसीलाई कुँडो दिएर गोठको धन्दा सकेपछि ढोका लगाएर आफु बस्ने घरमा आईपुगेको केहि घण्टा पछि मात्रै आगो लागेको काफ्लेले थाहा पाउनु भएको थियो ।

गोठको भुई तलबाट सल्केको आगो धुरीबाट निस्किएपछि मात्रै घरधनी काफ्ले र अन्य छिमेकीले थाहा पाएका थिए । लगत्तै सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखाल, विरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल, जनप्रतिनिधि र स्थानीयको टोलीले करिब साढे दुई घण्टा पछि मात्रै आलो नियन्त्रण लिन सफल भएका थिए ।

आगो निभाउन मेयर महेश खरेल आफै दमकल लिएर शिखरपुर पुग्नुभएको थियो । त्यस्तै जय श्रीकृष्ण डेरीले आफ्नो ट्याङ्करमा पानी लगेर आगो निभाउन सहयोग गरेको वडाध्यक्ष ढकालले बढाउनु भयो । ‘हिजो पाँचखाल क्षेत्रमा पनि पानी परेका कारण थप अरू घरहरूमा आगो फैलन पाएन, सुख्खा भैदिएको भए धेरै नोक्सानी हुन्थ्यो, वडाध्यक्ष ढकालले भन्नुभयो ।’

 

18775
Shares

ट्रेन्डिङ