काभ्रेबाट मापदण्ड बिपरित पशु ढुवानी गर्ने सवारी सहित सुवेदी पक्राउ
काभ्रे प्रहरीले मापदण्ड बिपरित पशु ढुवानी गर्ने सवारी सहित सन्देश सुवेदीलाई पक्राउ गरेको छ । बीपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे भञ्ज्याङमा नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा पशु ढुवानी मापदण्ड, २०६४ बमोजिम आवश्यक मापदण्ड पुरा नगरी नियम विपरित क्रुर तथा निर्दयी किसिमबाट ढुवानी गरेको पाइएपछि नियन्त्रणमा लिइएको काभ्रे प्रहरीले जनाएको छ […]