सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • काभ्रेबाट मापदण्ड बिपरित पशु ढुवानी गर्ने सवारी सहित सुवेदी पक्राउ

काभ्रेबाट मापदण्ड बिपरित पशु ढुवानी गर्ने सवारी सहित सुवेदी पक्राउ

24915
Shares
काभ्रेबाट मापदण्ड बिपरित पशु ढुवानी गर्ने सवारी सहित सुवेदी पक्राउ

काभ्रे प्रहरीले मापदण्ड बिपरित पशु ढुवानी गर्ने सवारी सहित सन्देश सुवेदीलाई पक्राउ गरेको छ ।

बीपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे भञ्ज्याङमा नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा पशु ढुवानी मापदण्ड, २०६४ बमोजिम आवश्यक मापदण्ड पुरा नगरी नियम विपरित क्रुर तथा निर्दयी किसिमबाट ढुवानी गरेको पाइएपछि नियन्त्रणमा लिइएको काभ्रे प्रहरीले जनाएको छ ।

गाडीको क्षमता भन्दा बढी लोड गरी खोटाङतर्फ लैजादै गरेको अवस्थामा सवारी चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ सलौली बस्ने ३४ बर्षीय सन्देश सुवेदीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले थुलुङ पशुपालन तथा कृषि फर्म बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ काठमाण्डौबाट बा १५ च ३९२६ नम्बरको टाटा बोलरो गाडीमा लोड रहेका गाईको बाच्छा ४ र बाच्छी ४ गरी ८ वटा जर्सी प्रजातीको बाच्छा बाच्छीलाई नियन्त्रणमा लिएको छ ।

 

24915
Shares

ट्रेन्डिङ