सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेकी मिष्ठू लामा जहाजबाट ओर्लनसाथ परिन पक्राउ

काभ्रेकी मिष्ठू लामा जहाजबाट ओर्लनसाथ परिन पक्राउ

8480
Shares
काभ्रेकी मिष्ठू लामा जहाजबाट ओर्लनसाथ परिन पक्राउ

काभ्रे प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेकी काभ्रेकी मिष्ठू लामालाई पक्राउ गरेको छ ।

लामालाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । चौरीदेउराली गाउँपालिका वडा नम्बर १ घर भएकी लामा कतार एयरलाइनसबाट काठमाण्डौ ओर्लन साथ पक्राउ परेकी हुन् ।

लामालाई उच्च अदालत पाटनले २०७७-०८-२९ गते बैंकिङ् कसुर मुद्दामा ४ दिन कैद सहित ४ लाख रुपैयाँ जरिवाना र पिडित राहतकोष १ लाख ६० हजार राख्नु पर्ने फैसला सुनाएको थियो ।

उच्च अदालतको फैसला कार्यन्वयनको लागि लामालाई आज जिल्ला अदालत काभ्रेमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

8480
Shares

ट्रेन्डिङ