काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता
काभ्रे : खानीखोला गाउँपालिका–६ स्थित खानीखोला नदीमा आएको बाढीले बगाएर एक युवा बेपत्ता भएका छन्। तालढुंगा प्रहरी चौकीका असई महेश दाहालले बुधबार खानीखोला–२ भिमसेनस्थानका २८ वर्षीय अनिल वाईबा बाढीले बगाएर बेपत्ता भएको जानकारी दिए। असई दाहालका अनुसार बेपत्ता वाईबालाई पावरहाउस नजिकबाट नदी तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको हो। बेपत्ता वाईबा काका बुद्ध तामाङ र […]