सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रेमा पहिरोले एक घर पुर्यो, जनता माध्यामिक विद्यालयको भवन उच्च जोखिममा

काभ्रेमा पहिरोले एक घर पुर्यो, जनता माध्यामिक विद्यालयको भवन उच्च जोखिममा

27310
Shares
काभ्रेमा पहिरोले एक घर पुर्यो, जनता माध्यामिक विद्यालयको भवन उच्च जोखिममा

काभ्रेको कोलाँतीभुम्लुमा पहिरोले एक घर पुरेको छ । पहिरोले जनता माध्यामिक विद्यालयको आगँन खस्दा हरिराम नेपालीको घर पुरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष क्रान्ति लामाले जानकारी दिनुभयो ।

नेपालीको परिवारलाई विद्यालय भवनमा सारिएको छ । जनता माध्यामिक विद्यालयको दुई तले १० कोठे पुरानो भवनको आगँन तलबाट पहिरोले तानेको हो । पहिरोले करोडौं खर्च गरेर निर्माण गरिएको विद्यालय भवन उच्च जोखिममा परेको अध्यक्ष लामाले बताउनुभयो ।

विब्यस अध्यक्ष लामाले छिटोभन्दा छिटो गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारलाई अनुमान गरेर विद्यालयको संरक्षण गरिदिन आग्रह गर्नुभयो । त्यस्तै पहिरोले पुरेको हरेराम नेपालीको परिवारलाई सुरक्षित बासस्थानको ब्यवस्थापन गर्न समेत अध्यक्ष लामाले माग गर्नुभयो ।

27310
Shares

ट्रेन्डिङ