सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा चलचित्र छायांकन स्टुडियो बनाउने सरकारको निर्णय

काभ्रेमा चलचित्र छायांकन स्टुडियो बनाउने सरकारको निर्णय

3935
Shares
काभ्रेमा चलचित्र छायांकन स्टुडियो बनाउने सरकारको निर्णय

काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायांकन स्टुडियो बन्ने भएको छ । स्टुडियो निर्माण आयोजनाका लागि साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

गत मंगलवार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो ।

सोहीअनुसार बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

3935
Shares

ट्रेन्डिङ