भूकम्पबाट बाँचेकाहरु पनि चिसोकै कारण ज्यान गुमाउँदै
जाजरकोट । जाजरकोट, नलगाड नगरपालिका ८ तल्लोसिमाकी सुत्केरी २५ वर्षीया शर्मिला चँदाराको चिसोबाट मृत्यु भएको छ । उनी कात्तिक २२ गते सुत्केरी भएकी थिइन् । शर्मिलाले एक छोरीलाई कात्तिक २२ गते जन्म दिएकी थिइन् भने एक बच्चाको जन्मिनुअघि नै मृत्यु भएको थियो । उनी प्रादेशिक अस्पताल सुर्खेतबाट शनिबारमात्र डिस्चार्ज भएकी थिइन् । कम्पपछि त्रिपालमा रात […]