सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • छोरा फेल भएपछि पत्रकार साहले दिए आमरण अनसनको चेतावनी

छोरा फेल भएपछि पत्रकार साहले दिए आमरण अनसनको चेतावनी

2195
Shares
छोरा फेल भएपछि पत्रकार साहले दिए आमरण अनसनको चेतावनी

मंसिर ९ गते सिरहाको गोलबजार नगरपालिकाले लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी दिएका छन् ।

कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्त बमोजिम रितपूर्वक आवेदन दिई लिखित परीक्षामा सामेल हुँदा त्यहाँ खटिएका कर्मचारी निरञ्जन शाक्यले छोरा राजा बाबु साहको कपी १५ मिनेट नियन्त्रणमा लिएको आरोप पत्रकार साहको रहेको छ ।

पत्रकार साहले परीक्षा रद्द गरी पुनः अर्को परीक्षा लिन माग गरेका छन् । उनले कर्मचारी निरञ्जन शाक्यलाई प्रशासन प्रमुखबाट हटाएर स्वास्थ्य सेवा तर्फ पठाउन माग राखेका छन् ।

यी मागहरू मंसिर १७ गतेभित्र पुरा नभए नगरपालिका प्राङ्गणमा आमरण अनसन बस्ने चेतावनी पत्रकार साहले दिएका छन् ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष समेत रहेका साहले आज गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै सो चेतावनी दिएका हुन् ।

2195
Shares

ट्रेन्डिङ