सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • राजाराम गाैतमकाे निर्माणमा बनेकाे ‘ढाेका’ फिल्ममा काेराेनाकाे कथा

राजाराम गाैतमकाे निर्माणमा बनेकाे ‘ढाेका’ फिल्ममा काेराेनाकाे कथा

7985
Shares

“बरु बनकाे बाघले खाओस मनकाे बाघले नखाओस ।” याे नेपाली उखानलाई ‘ढाेका’ फिल्ममा उतारिएकाे छ । विश्वमै महामारिकाे रुपमा फैलिएकाे काराेना भाईरस (काेभिड -१९) का कारण मानिसमा परेकाे मनाेसामाजिक समस्यालाई लिएर बनेकाे ‘ढाेका’ फिल्म सार्वजनिक भएकाे छ ।

वन्डेड लायन प्राेडक्सन र डिएआर मुभिज एन्ड फिल्मसकाे संयुक्त प्रस्तुति रहेकाे ‘ढाेका’ फिल्मकाे लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायककाे रुपमा काम गरेका दिवसले पछिल्लाे समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् । आम मानिसलाई काेरानाकाे कारण परेकाे मानसिक तनावलाई ढाेका मार्फत उतारिएकाे निर्दशक धितालले बताए ।

फिल्मकाे छायांकन तथा सम्पादन बरुण काेईरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतकाे चलचित्र उद्योगमै छायांकनकाे अनुभव लिएर नेपाल आएका छांयाकार हुन् । बरुणले यश फिल्ममा साउण्ड डिजाईन काे पनि काम गरेका छन् ।

‘ढाेका’ लाई निर्माता राजाराम गाैतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीकाे अभिनय रहेकाे छ ।

यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारकाे रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे छ । फिल्ममा निर्माण नियन्त्रण विवेक चाैलागाई रहेका छन् । फिल्म वन्डेड लायन प्राेडक्सनकाे अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएकाे छ ।
भिडियाे हेर्नुस ।

https://www.youtube.com/watch?v=_ie3HYNs8NI&feature=youtu.be&sub_confirmation=1&fbclid=IwAR3dBUvfCPN5oa_n-0aPK-hrpUBxY-sRrvBkPbaAmDofmJVgHq2gds_LDrM

7985
Shares

ट्रेन्डिङ