सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • बम पड्काउने र पैसा असुल्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री

बम पड्काउने र पैसा असुल्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री

4720
Shares
बम पड्काउने र पैसा असुल्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री

फागुन, २८ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो समूहसँग वार्ता गर्नुको औचित्य नभएको बताएका हुन् ।

‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैन’ प्रधानमन्त्रीले भने ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

फागुन २४ गते वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा ध्यानाकर्षण गराउन आएको व्यवसायीको टोलीसँग प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवको नाम नलिई एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए ।

‘कम्युनिष्टले त युवाहरुलाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो’ उनले भने ‘यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटको घटनाबारे सरकारले छानविन गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

-अनलाइनखबरबाट

4720
Shares

ट्रेन्डिङ