सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चुरोट नदिएको निहुँमा कुटपिट गरी युवकको हत्या, १४ जना पक्राउ

चुरोट नदिएको निहुँमा कुटपिट गरी युवकको हत्या, १४ जना पक्राउ

2325
Shares
चुरोट नदिएको निहुँमा कुटपिट गरी युवकको हत्या, १४ जना पक्राउ

कैलाली । एक युवकको मृत्यु भएको घटनामा कैलालीमा १४ जना पक्राउ परेका छन्।

मंगलबार  राति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो।

अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका-९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए। त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए। इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले कोइरालामाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा आज बिहान ७:३५ बजे मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टेर सन्तोष बस्यालले जानकारी दिएका छन् ।

बुधबार दिउँसो कुटपिटमा संलग्न १४ जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-९ घोराघाटका

२३ वर्षीय विवेक भुल,२२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिल बहादुर चौधरी, २२ वर्षीय पुरन सार्की छन्।

त्यस्तै सोही नगरपालिकाका २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन के.सी,  २५  वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई पक्राउ गरिएको इन्स्पेक्टर बस्यालले जानकारी दिए।

2325
Shares

ट्रेन्डिङ