सबैको समाचार
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • डीपी खनाल र समीक्षा बस्नेतको ‘सुनन स्वीटहर्ट’ सार्वजनिक(भिडियो)

डीपी खनाल र समीक्षा बस्नेतको ‘सुनन स्वीटहर्ट’ सार्वजनिक(भिडियो)

काठमाडौं :चर्चित गीतकार डि.पी खनालको शब्द, संगीत अनि स्वरमा सजिएको “सुनन स्विटहार्ट” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खनाल संगै गायिका समिक्षा बस्नेतको मीठो स्वर रहेको छ ।

गीतकारको रुपमा ख्याती कमाईसकेका डि.पी खनालको शब्द,संगीतमा तयार भएको गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ भने गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा बिप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गर्नुभएको छ ।

टिकटक स्टार साथै गायिका समिक्षा बस्नेतको अफिसियल युट्युब च्यानल “Samikshya Basnet” बाट सार्वजनिक भएको गीतको भिडियोमा बिशाल रेग्मी, समिक्षा बस्नेत र कुमार पाण्डेको अभिनय देख्न सकिन्छ ।

सुब्रत राज आचार्यको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन अनि बिकाश दाहालको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस् :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका