सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सरकारको व्यवस्था माथी औंला उठाउन खोज्नेहरुका लागी सञ्चार मन्त्री जवाफ, चट्टान संग कुहिना ठोके जस्तो हुने छ

सरकारको व्यवस्था माथी औंला उठाउन खोज्नेहरुका लागी सञ्चार मन्त्री जवाफ, चट्टान संग कुहिना ठोके जस्तो हुने छ

5770
Shares
सरकारको व्यवस्था माथी औंला उठाउन खोज्नेहरुका लागी सञ्चार मन्त्री जवाफ, चट्टान संग कुहिना ठोके जस्तो हुने छ

काभ्रे /  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालीकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी खाने पानी जनताले अब सहजै पीउन पाउने भएका छन । खानेपानी आयोजना कार्यक्रमको प्रमुख अतीथि सूचना तथा प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले आज चौपक्छिय सम्झौता गरेका हुन् । मन्त्रि बास्कोटाले सोहि कार्यक्रममा बोल्दै सरकारको साना तिना त्रुटिहरुलाई औल्याएर त्यस उपर रहेर व्यवस्था माथी औंला उठाउन खोजेका छन्न, यो चट्टान संग कुहिना ठोके जस्तो हुने छ , थाहा पाउनु पर्छ ती तत्वहरुले तेसैले लोकतन्त्र जनताको छनोटको विषय हुने बताए ।

मन्त्री बाँस्कोटाले जनताको उपलब्धिप्रति कसैले प्रश्न उठाउनु अपराध हुने उल्लेख गर्दै प्रश्न उठाउनेलाई सबै नेपाली जनताले कुल्चिदिनुपर्ने धारणा राख्नुभयो । उनले भने, “इतिहासमा कसैले कुँडाकर्कट बनाइसकेका, इतिहासमा अयोग्य तत्वको केही चलखेल जस्तो देखिन्छ, कथित सल्बलाउन खोजेकालाई जनताले नै जवाफ दिनेछन् ।”रगतसँग साटिएको उपलब्धिसँग खेलबाड गर्ने कोसिस भएकोप्रति सजग रहनुपर्ने उहाँले सुझाव दिनुभयो । मन्त्री बाँस्कोटाले यो व्यवस्था कुनै नेता वा कुनै व्यवस्थामा जन्मेकाले नल्याएको बताउँदै विकास, निर्माण, परिवर्तन, जागरण, उपलब्धि, विरता, धैर्यता र सपनाका दृष्टान्त देखाएर संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गर्नुभयो ।

“संविधान दिवस भव्यताका साथ मनाउनुपर्छ, हामीले ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो यो, उपलब्धि रक्षा तथा समृद्ध नेपालको यात्रामा सफलताका निम्ति सबै जनताको सफलताको शुभकामना चाहिन्छ”, उनले भने । निर्धा्रित समयमै खानेपानी आयोजना सम्पन्न गर्न सरोकारवालालाई निर्देशनसमेत दिए । जनातको गुनासो पाँचखालमा केहि भएन भन्ने गुनासो रहेको छ तर पाँचखाल नगर पालीका भित्र विकासका पूर्वधारहरु भित्रि सकेका छन्न । काभ्रेको विकट तथा सदरमुकामहरुमा खाने पानी पुराई सकेका छौ ।

जिल्लामा सबै भन्दा बढि समस्या भएको ठाउँ नमोबुद्ध, तेमाल, महाभारत, मण्डन देउपुर तथा पाँचखालमा अबका २–३ वर्ष भित्र सबै ठाउँमा खाने पानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको बाताएका छन । उनले संविधान दिबसमनाउन भने खुलेरै आग्रह गरेका छन । देशमा लोकतन्त्र ल्याउन ६० लाख जनताको याग्दान रहेको बताए । त्यस बेला एैतिहासीक जनक्रान्ती गरेको थियौ । यसको उपलब्धि, लक्ष्यहरुको सफलताको निम्ती आम जनताको संधै शुभकामना रहेको बताए । उनले अँध्यारोबाट उज्यालोतर्फ लागेको मुलुकको यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुने समेत बताए । कार्यक्रमलाई सम्बोधन गर्दै सहरी खानेपानी आयोजनाका प्रमुख विद्यानाथ भट्टराईले भने ५ हजार ९ सय ९८ घर धुरी हरुलाई खानेपानी वितारण गर्ने बताए । भने कार्यक्रमका विषेश अतिथि रहनु भएको प्रदेश सभा संसद लक्ष्मण लम्सालले खानेपानी आउने भएकोमा शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगरविकास काषका प्रतिनिधि एवं प्रोजेट कोडिनेटर सुभास पन्तले सहुलीयत दरको ऋण उपलब्ध गराउने प्रतिबद्धता पनी व्यक्त गरेका थिए । जिल्ला समन्वय समितिका उपसंयोजक मञ्जु गौतम, पाँचखाल नगरपालिकाप्रमुख महेश खरेललगायतले परियोजना सफलताको कामना गर्नुभएको थियो ।

5770
Shares

ट्रेन्डिङ