सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • धुलिखेलको हिउँदे सभाले जेन–जी आन्दोलनको प्रभावपछि बजेट संशोधन

धुलिखेलको हिउँदे सभाले जेन–जी आन्दोलनको प्रभावपछि बजेट संशोधन

340
Shares
धुलिखेलको हिउँदे सभाले जेन–जी आन्दोलनको प्रभावपछि बजेट संशोधन

काभ्रे :- धुलिखेल नगरपालिकाको नगरसभाको अठारौँ अधिवेशनले गत भदौमा भएको जेन–जी आन्दोलनलगायतका प्रभावका कारण राजस्व सङ्कलनमा आएको गिरावट तथा वडाबाट प्राप्त संशोधन प्रस्तावका आधारमा बजेट संशोधन गर्दै विभिन्न प्रतिवेदनहरू स्वीकृत गरेको छ।

सभाद्वारा आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम संशोधन, भू–उपयोगसम्बन्धी प्रतिवेदन स्वीकृत, कार्यपालिका बैठकका निर्णय तथा विषयगत विभिन्न समितिहरूले गरेका निर्णय अनुमोदन गर्दै नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षणबारे छलफल गरी सभा समापन गरिएको हो।

सभामा आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम संशोधनका लागि उप–प्रमुख निराजन जङ्गेलले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। साथै, कार्यपालिका सदस्य एवं वडा अध्यक्षहरूले भू–उपयोगसम्बन्धी प्रतिवेदन तथा कार्यपालिका बैठकका निर्णयहरू पेश गरेका थिए। नगर प्रमुख अशोककुमार बञ्जुले सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको प्रस्ताव ध्वनि मतले पारित गर्दै सभा समापन गरिएको थियो।

वडाबाट प्राप्त आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम संशोधनका लागि ८६ लाख रुपैयाँ बराबरको संशोधन प्रस्ताव सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले प्रस्तुत गर्नुभएको थियो।

340
Shares

ट्रेन्डिङ