सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पात्लेखेतमा हनुमान मन्दिर निर्माण सहयोगार्थ श्रीमाद्भागवत महापुराण सप्ताह भोलि देखि

पात्लेखेतमा हनुमान मन्दिर निर्माण सहयोगार्थ श्रीमाद्भागवत महापुराण सप्ताह भोलि देखि

4235
Shares
पात्लेखेतमा हनुमान मन्दिर निर्माण सहयोगार्थ श्रीमाद्भागवत महापुराण सप्ताह भोलि देखि

काभ्रे । काभ्रेपलाञ्चोक स्थित धुलिखेल वडा नं ११ को पात्लेखेतमा हनुमान मन्दिर निर्माण सहयोगार्थ श्रीमाद्भागवत महापुराण सप्ताह २०८० भोलिदेखि सुरु हुँदै छ ।

श्रीमाद्भागवत महापुराण सप्ताह हनुमानस्थान प्राङ्गणमा हुनेछ । विगत ४०० वर्ष देखि पुजा आरधना हुँदै आएको हनुमान् मन्दिर परिसरमा श्री हनुमान् मन्दिर संरक्षण, निर्माण समितिको आयोजनामा महापुराण सप्ताह हुन लागेको हो ।

सप्ताहमा श्रीमद्वाल्मिकी रामायण कथावाचन, विभिन्न झाँकी प्रदर्शनी तथा संगीतमय श्रीमद्महापुराण हुने आयोजक समितिले जनाएको छ ।

फागुन ११ गते देखि १७ गते सम्म सञ्चालन हुने महापुराणमा पंण्डित विनोद सापकोटा र पंण्डित मनिष शरण खनालले कथावाचन गर्नुहुने छ ।

सप्ताहको कलशयात्रा भोलि विहिबार हुनेछ भने हरेक दिन विहान ७:३० बजेदेखि हवन तथा पाठ परायण हुने आयोजक टिमले बताएको छ । त्यस्तै सप्ताहबाट सङ्कलन भएको रकमबाट हनुमान मन्दिर पुन निर्माण गरिने योजना रहेको छ आयोजक समितिले जनाएको छ।

4235
Shares

ट्रेन्डिङ