सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • २ युवती र ४ युवक लागु औषधसहित पक्राउ

२ युवती र ४ युवक लागु औषधसहित पक्राउ

4315
Shares
२ युवती र ४ युवक लागु औषधसहित पक्राउ

म्याग्दी / लागुऔषधसहित ६ जना युवायुवती पक्राउ परेका छन् । गएको शनिबार साँझ बेनी नगरपालिकामा सडकमा शंकास्पद रुपमा हिँडिरहेका युवायुवतीलाई प्रहरीको गस्ती टोलीले लागु औषधसहित पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा २ युवती र ४ जना युवक रहेकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रघुगंगा गाउँपालिका–१, बेगखोलाका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८, न्युरोड बस्ने २३ वर्षीया रेजिना श्रेष्ठ र मंगला–३, बराङ्जाका २२ वर्षीया सीता केसी, बेनी–९, गलेश्वरका २१ वर्षीय राजकुमार शेरपुञ्जा, बेनी–८, का २८ वर्षीय विजय बानियाँ र रघुगंगा–६, पाखापानी घर भई बेनी–७, मंगलाघाट बस्ने २० वर्षीय प्रवीण छन्त्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताउनुभयो ।

उनीहरुको साथबाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरिएको प्रहरी निरीक्षक देवकोटाको भनाइ छ । लागूऔषधसहित पक्राउ परेका आरोपितहरुलाई आइतबार जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा उनीहरुको साथबाट लागु औषध भेटिएको थियो ।

4315
Shares

ट्रेन्डिङ