सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • गजल-हातमा उठ्या ठेला उस्तै छन।

गजल-हातमा उठ्या ठेला उस्तै छन।

9600
Shares
गजल-हातमा उठ्या ठेला उस्तै छन।

एलिना संग्रौला, बिर्तामोड, झापा

गजल-हातमा उठ्या ठेला उस्तै छन।
बाटो खन्दा हातमा उठ्या ठेला उस्तै छन।
त्यही बाटो भत्काउने ती भेला उस्तै छन्।
जति नयाँ भने पनि पुरानै हुन चाला,
किनभने पाठशालाका चेला उस्तै छन् ।
देश विकाश गर्छु भन्दै विनाश पो गर्छन,
काममा ढिलासुस्ती अनि अबेला उस्तै छन् ।
सिंहदरवार धुम्टो ओड्छ सर्माएर आफैँ,
त्यहाँ भित्र हुने झमेला उस्तै छन् ।
लाग्छ अझै नेताको खेल बचपन जस्तो,
छलकपट ठट्टा अनि रेला उस्तै छन् ।
9600
Shares

ट्रेन्डिङ