ए रहर
पटकपटक गला किन थिच्छस
ए सपना हरेक रात किन ऐठन बनाउछस
त रहरलाई पुरा गर्न म मा औकात छैन
त सपना पुरा गर्न म मा हैसियत छैन
यो त प्रतिस्पर्धा र पैसा को संसार हो
रित्तिएको गोजिले औकात जत्ती खोज्छ
रहरले त्यति पटक गला थिचिरहेछ
केहि आउला केहीमा सक्षम होला
तर कागजका नोटले तगारो हालिरहेछ
कल्पना गर्दागर्दै डाक्टर भैदिन्छु त कहिले इन्जिनियर
तर रित्तो गोजि छामिरहदा
कल्पनामा बनेको बालुवाको सपनाको घर
भताभुङ्ग बनाउन बाध्य भैदिन्छु ।
एउटा कमिलो नमार्ने म
समय र परिस्थितिले सपना को हत्या गर्न बाध्य बनाइदिएको छ
बाहिर त मुस्कुराउन कदापि छोड्दिन
ताकी दुनियाँले मेरो दुख खिल्ली नउडाउन
बलात्कारिले बलात्कार गरेर आफै लासको दागबत्ती दिए जस्तो
म आफ्नै रहर मार्ने
सपनाहरू कुल्चेर मार्ने हत्यारा हु
हेर्दा सलिन देखिएला महोदय यो मुहार
तर कहिले सपना त रहर अनि कहिले खुसी
मार्ने अपराधी हु
हजुर म भित्रभित्रै आफैलाइ मार्ने
म आफ्नै हत्यारा हु ।।
दमक, झापा
सुजता निरौला