सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटवेयर विजनेश एक्स्पो–२०१७ सुरु

फुटवेयर विजनेश एक्स्पो–२०१७ सुरु

6210
Shares
फुटवेयर विजनेश एक्स्पो–२०१७ सुरु

नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०१७ आजदेखि भृकुटी मण्डपको प्रदर्शनी स्थलमा शुरु भएको छ । नेपालको एक मात्र जुत्ता बिशेष पसल चेन नेपाली जुत्ताघरको आयोजनामा शुरु भएको यस मेलाको समुद्घाटन माननीय मन्त्री गगन कुमार थापाले गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री थापाले सरकारले गर्नुपर्ने धेरै काम बाँकी रहेको त्यसमध्ये पनि फुटवेयर सेक्टरलाई आफुले निकै लामो समयदेखि नजीकबाट नियाल्दा यस सेक्टरलाई लक्षित गरि कच्चा पदार्थ निर्यात एवं कच्चा पदार्थ उत्पादनको क्षेत्रमा सहयोग गर्न सके मात्र पनि यस उद्योगले ठुलो फड्को मार्ने र सो बाट राज्यले समेत ठुलो राजश्व आर्जन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री थापाले छाला रहित मासु मात्र बिक्रि वितरणमा राख्ने व्यवस्था लागु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली जुत्ता घरका संयोजक रामकृष्ण प्रसाईले नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयातलाई न्युनिकरण गर्न सहयोग पुर्याउनु नै यो एक्स्पोको प्रमुख उद्धेश्य रहेको बताउनुभयो ।big-sale-logo

सो कार्यक्रममा नेपाली जुत्ता घरका सञ्चालक होमनाथ उपाध्यायले फुटवयर सेक्टरको वर्तमान अवस्थाको बारेमा चर्चा गर्दै राजनीतिक अस्थिरताले मुलुकको आर्थिक क्षेत्र जर्जर भैरहेका बेला जुत्ता उद्योगीहरुको यस्तो सामुहिक प्रयासले अर्थतन्त्रलाई केहि हदसम्म चलायमान बनाउने कोशीस गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली जुत्ता घरका सञ्चालक एवं फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष रविन श्रेष्ठ, सञ्चालकहरु कृष्ण कुमार फुँयाल, मनोज श्रेष्ठ, ज्ञानेन्द्र दाहाल, नवराज गौतम लगायतको उपस्थीती रहेको थियो । आत्मनिर्भरताका क्षेत्रमा उन्मुख नेपाली जुत्ता उद्योगलाई जोगाउन सरकारले बिशेष योजना ल्याएमा थप अन्य उद्योगीहरुमा पनि यस्ता सामुहिक प्रयासका लागि उत्प्रेरणा मिल्नेछ ।

यस एक्स्पोमा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिने भएकाले उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्ने बिश्वास लिएका छौं ।

शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् । यो एक्स्पोमा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष रहेको छ ।

सेल मेला भन्ने बित्तिकै कम्पनीको स्टकमा रहेका पुराना तथा नबिकेका जुत्ताहरु बिक्रि गर्ने दाऊ भन्ने केहि उपभोक्ताको बुझाई भनौ या गलत भ्रमलाई चिर्नका लागी गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ यो एक्स्पोमा उपलब्ध गराईएको छ । यस एक्स्पो उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास हामीले लिएका छौं ।

यस अघिका हाम्रा अन्य मेलामा आउनु भएका हाम्रा उपभोक्ताहरु हाम्रो उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यस्तो अवसरको प्रतिक्षामा रहनु भएको पाएका छौं । ती सन्तुष्ट आम उपभोक्ताहरुको चर्चाले र नेपाली ब्राण्ड प्रतिको अगाध बिश्वासको फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता बढेको बुझाई हाम्रो रहेको छ ।

स्वदेशमै उत्पादन गरिएका बिभिन्न जुत्ताहरु सर्वशुलभ रुपमा नेपाली उपभोक्ता समक्ष पुर्याउनु र बिश्व बजारबाट अब्यवस्थित रुपमा आयात गरिएका आकर्षक तर कम गुणस्तरका बिदेशी जुत्ता चप्पलहरुसंग चर्को प्रतिस्पर्धा गर्दै बजारीकरण गर्नु नै आजको दिनमा नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको मुख्य चुनौती रहेको छ ।

यहि चुनौतीलाई आत्मसात गर्दै सवै नेपाली जुत्ता चप्पलहरु एकै छानामुनी उपलब्ध गराई प्रतिस्पर्धि क्षमता बृद्धि गर्नका लागी सामुहिक बिक्रि केन्द्रको आवश्यक्ता महसुस गरी नेपालका प्रमुख चर्चित एवं आपसमा प्रतिस्पर्धि ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, लेदर विड्डस, टाकुरा सुज, सफटच र शु ल्याण्ड गरि ९ वटा ब्राण्डका जुत्ता चप्पलहरुको सामुहिक प्रयासमा सम्भवतः देशकै सवैभन्दा ठुलो लगानी र ठुलो जुत्ता चप्पलहरुको बिक्रि कक्ष जमल स्थित राष्ट्रिय नांचघरको पहिलो तलामा नेपाली जुत्ता घर प्रा.लि.को नामबाट बि.सं २०६९ मा स्थापना भएको हो ।

नेपाली जुत्ता चप्पल उत्पादक कंम्पनीहरुले परम्परागत उत्पादन शैलीलाई समयानुसारको परिमार्जन गरि अत्याधुनिक उत्पादन शैलीलाई अड्डीकार गर्नुका साथै डिजाइन र गुणस्तरमा समेत उल्लेख्य प्रगती गरेको हुनाले आज नेपाली उपभोक्ताहरुलाई आकर्षण गर्न सफल भएको छ । उच्च गुणस्तरकै कारणले आज सवै नेपाली ब्राण्डका जुत्ता चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गरिन्छ जसको कारण नेपाली उपभोक्ताको स्वदेशी ब्राण्ड र नेपाली जुत्ता घर प्रति असाध्यै माया र बिश्वास बढेको हाम्रो बुझाई रहेको छ ।

कोही नझुक्किउन् र नठगीउन् भनेर उपभोक्ताहरुको हितलाई ध्यानमा राखी नेपाली जुत्ता घरमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पलहरुमा खुद्रा बिक्रि मुल्य अड्ढित गरिएको छ । उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आगामी दिनमा अझ थप सेवा र सुविधा उपलब्ध गराउन नेपाली जुत्ता घर प्रा.लि.ले आफनो तर्फबाट हरसम्भव प्रयास गर्दै आएको छ । राष्ट्रिय नाचघर जमल स्थित मुख्य सोरुम सहित आप्mनो स्थापनाको ४ बर्षको अबधिमा नेपाली जुत्ता घरले आप्mनो सेवा बिस्तार गर्ने क्रममा महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी, नमस्ते सुपरमार्केट पुल्चौक र बुद्धमल बालाजुमा गरी ५ वटा बिक्री कक्ष सञ्चालन गर्दै आएको छ ।

6210
Shares

ट्रेन्डिङ