सबैको समाचार
बुधबार, असार १०, २०८३

२१ लाखको रातो च्याउ बरामद

365
Shares
२१ लाखको रातो च्याउ बरामद

दाङ । सल्यानमा प्रहरीले अवैध रातो च्याउ बरामद गरेको छ ।

जाजरकोट बाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९३८ नम्बरको ट्रकबाट ४८ किलो अवैध रातो च्याउ बरामद गरिएको इप्रका सल्लीबजारले जनाएको छ ।

छुट पुर्जी भन्दा बढी ४८ किलो भेटिएपछि उक्त रातो च्याउ बरामद गरिएको हो । बरामद भएको रातो च्याउको बजार मुल्य करिब २१ लाख रूपैयाँ भएको बताइएको छ ।

बरामद गरिएको रातो च्याउ जिल्ला वन कार्यालयमा बुझाइएको छ ।

365
Shares

ट्रेन्डिङ