सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • किशोरको हत्या आरोपमा १ जना पक्राउ

किशोरको हत्या आरोपमा १ जना पक्राउ

2195
Shares
किशोरको हत्या आरोपमा १ जना पक्राउ

काठमाडौं / इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक किशोरको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको हत्या भएको थियो। उनको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरीका १९ वर्षीय अर्विन्द ठकुरीलाई पक्राउ गरेको हो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका सनीलाई उपचारको लागि ट्रमा सेन्टरमा रिफर गरिएको थियो। पछि मनमोहन अस्पतालमा पुर्‍याउँदा ११:५८ मृत्यु भएको थियो।

2195
Shares

ट्रेन्डिङ