सबैको समाचार
बिहिबार, असार २०, २०८१
  • होमपेज
  • आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

60
Shares
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।

मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ ।

हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । हिजो राती १२ बजेपछि लागु भएको छ । ।

60
Shares

ट्रेन्डिङ