सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जीप दुर्घटना : २ जनाकाे ज्यान गयो, ५ जना घाइते

जीप दुर्घटना : २ जनाकाे ज्यान गयो, ५ जना घाइते

7005
Shares
जीप दुर्घटना : २ जनाकाे ज्यान गयो, ५ जना घाइते

अछाम / अछाम जिल्लाको मेल्लेख गाउँपालिका-७, नन्देगडामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । साँफेबगरबाट नन्देगडा जाँदै गरेको से १ ज ९८६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मेल्लेख गाउँपालिका-७, मौभेरीका कौशी साउँद र कित्थी साउँदको ज्यान गएको वडा अध्यक्ष नर बहादुर साँउदले जानकारी दिनुभयाे ।

जीप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको स्थानीय नृप बुढाले जानकारी दिनुभयाे । दुर्घटनामा घाइते हुनेमा जीप चालक निर्प साउँद, सहचालक जनक साउँद र मनिषा उपाध्याय रहेको र बाँकी दुई जनाको नाम ठेगाना खुल्न नसकेको स्थानीय नृप बुढाले जानकारी दिनु भयो । घाइतेको प्राथमिक उपचारपछि थप उपचारका लागि न्याय हेल्थ बयलपाटामा ल्याइएको प्रहरीले जानकारी दिएकाे छ ।

7005
Shares

ट्रेन्डिङ