सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बिजुली र इन्टरनेटको महसुलमा २५ प्रतिशत छुट निरन्तर

बिजुली र इन्टरनेटको महसुलमा २५ प्रतिशत छुट निरन्तर

6625
Shares
बिजुली र इन्टरनेटको महसुलमा २५ प्रतिशत छुट निरन्तर

वैशाख, १८, काठमाडौं । इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिइएको छ । सरकारले १४ वैशाखको मन्त्रीपरिषद्बाट यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो ।

तर, इन्टरनेट सेवा प्रदायकले भने यस्तो छुट दिन नसकिने अडान लिँदै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुटलाई निरन्रता दिने अर्थ मन्त्रालयको प्रस्ताव छ । निजी सेवा प्रदायकसमेत समेत सोहीअनुसार व्यवस्था मिलाउनु पर्ने भएको छ ।

उता, नेपाल विद्यूत प्राधिकरणले मासिक १५० यूनिटसम्म विद्यूत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्यूत महसुलमा २५ प्रतिशत छुट दिने कार्यलाई समेत सरकारले निरन्तरता दिने निर्णय गरेको छ ।

मासिक २५० यूनिटसम्म विद्यूत महसुल खपत गर्ने ग्रार्हस्थ ग्राहकलाई लकडाउनको अवधिभर विद्यूत महसुलमा १५ प्रतिशत छुट दिने निर्णय समेत भएको छ ।

लकडाउन अवधिमा बन्द रहेका रहेका उद्योगको डिमाण्ड शूल्क छुट वा सहुलियत दिने विषयमा नेपाल विद्युत प्राधिकरणले आवश्यक व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।

असारसम्म जरिवाना नलाग्ने

विद्यूत, खानेपानी, टेलिफोन तथा इन्टरनेटको फागुनयता जेठसम्मको महसुल भुक्तानी २०७७ असार मसान्त सम्म बुझाएमा विलम्ब वापत लाग्ने जरिवाना तथा अतिरिक्त शूल्क छुट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

माग भन्दा बढी उत्पादन भई खचत हुने विद्युत प्राधिकरणले तोकेको अवधि र समयमा उपयोग गर्ने उत्पादनमुलुक उद्योग प्रतिष्ठानहरुलाई सो अवधिमा खपत गरिएको विद्यूत महसुलमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थालाई समेत लकडाउन अवधिभर निरन्तरता दिने निर्णय सरकारले गरेको छ ।

-अनलाइनखबर

6625
Shares

ट्रेन्डिङ