सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • पहिरोका कारण अरनिको र मेलम्ची जाने सडक अबरुद्ध , सवारी आवाज जावत ठप्प

पहिरोका कारण अरनिको र मेलम्ची जाने सडक अबरुद्ध , सवारी आवाज जावत ठप्प

400
Shares
पहिरोका कारण अरनिको र मेलम्ची जाने सडक अबरुद्ध , सवारी आवाज जावत ठप्प

काभ्रेपलाञ्चोक :- जिल्ला हुँदै तातोपानी नाका जोड्ने अरनिको राजमार्ग र मेलम्ची जोड्ने सडक पहिरोका कारण अबरुद्ध भएको छ । भने यातायात ठप्प भएको छ ।

आज विहान ६ बजे पाँचखाल नगरपालिका वडा न -४ फेदी स्थित जिरो किलो मेलम्ची सडक खण्डमा सड्क भन्दा माथि बाट पहिरो आई जिरो किलो मेलम्ची सडक खण्ड दुई तर्फि बन्द रहेको काभ्रे प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानिय निकाय र सडक बिभाग सँग समन्वय गरि बाटो खुलाउने पहल भईरहेको छ ।

तेस्तै जिल्ला हुँदै तातोपानी नाका जाने अरनिको राजमार्ग भुम्लु गाउँपाकिकाको वडा न-८ बन्देउ डाँडामा माथिबाट आएको पहिरोले दुबै तर्फ राजमार्ग अबरुद्ध भएको काभ्रे प्रहरीका सुचना अधिकारी राज कु श्रेष्ठले जानकारी दिनु भयो ।

स्थानिय तहको समन्वयममा जे सि बी तयारी अवस्थामा भए पनि पहिरो खसिरहेकाले हटाउन सुरु हुन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

400
Shares

ट्रेन्डिङ