सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • अहिले पनि म सरकारको प्रवक्ता नै हो ” :- खगेन्द्र सुनुवार

अहिले पनि म सरकारको प्रवक्ता नै हो ” :- खगेन्द्र सुनुवार

“यो दलित समुदायलाई माथि उठ्न नदिने खेल हो, मन्त्री मात्र होइन, प्रधानमन्त्री समेत बन्न सक्छु"

435
Shares
अहिले पनि म सरकारको प्रवक्ता नै हो ” :- खगेन्द्र सुनुवार

काभ्रे :- फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका सामाजिक अभियन्ता खगेन्द्र सुनुवार (सुनार) लाई अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

रिहाइपछि बाहिर निस्कँदै पत्रकारहरूसँग कुरा गर्दै सुनुवारले भने,“मन्त्रिपरिषद्मा बस्ने दौडमा हिजो पनि थिइनँ, आज पनि छैन। मेरो यात्रा कुनै पदका लागि होइन। मुद्धा परेको बारे मिडियाबाट मात्रै थाहा पाएँ। अदालतप्रति सम्मान छ।” आफू सन्यास लिएर हिँडेको व्यक्ति भएको र धरौटी रकम साथीहरूले तिरेको समेत बताए।

“दलित समुदायलाई कमजोर बनाउन नियोजित खेल भइरहेको छ। यी गतिविधिहरू सरकारविरुद्धको आक्रमण हुन्। म अहिले पनि सरकारको प्रवक्ता हुँ, सरकारलाई सधैं साथ दिँदै आएको छु,” सुनुवारले थप्नु भयो ।आगामी निर्वाचन २१ गते हुनेमा विस्वस्थ हुन् समेत अनुरोध गर्नु भयो।

अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अपशब्द लेखिएको स्टाटस र लाइभमार्फत गालीगलौज गरिएको आरोपमा उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो। गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले उक्त मुद्दा काभ्रे जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो।

सुनारविरुद्धको मुद्दा २०८२ साउनमा जिल्ला अदालतमा सरकारविरुद्ध फौजदारी मुद्दा (दर्ता नं. ८२ सी१–००२) को रूपमा दर्ता भएको हो। अदालतका श्रेस्तेदार इन्दिरा कार्कीका अनुसार साउन ५ गते उनी दैलेखको स्थायी बासिन्दा भएकाले जिल्ला प्रहरी कार्यालय दैलेखलाई पक्राउ पुर्जी जारी गरिएको थियो।

पछिल्लो मन्त्रिपरिषद् विस्तारमा उनी मन्त्री सिफारिस सूचीमा परे पनि विभिन्न मुद्दा सार्वजनिक भएपछि अन्तिम समयमा नाम हटाइएको थियो। जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा भएको बयान तथा थुनछेक बहसमा सात जना अधिवक्ताले प्रतिवादी पक्षबाट बहस गरेका थिए। प्रतिवादी स्थायी ठेगानामा रहेको, फरार हुने सम्भावना न्यून रहेको र प्रारम्भिक अनुसन्धान सकिएको आधारमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार कार्कीले जानकारी दिनु भयो ।

435
Shares

ट्रेन्डिङ